
काठमाडौं । स्कटल्यान्डका मार्क वाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
टियु क्रिकेट रंगशालामा लुम्बिनी लायन्सले दिएको एक सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४१ बलमा १ सय १ रन बनाउँदै शतक पुरा गरेका हुन्। यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरेका छन्। यससँगै मार्क प्रतियोगिताकै सबैभन्दा आक्रामक र विस्फोटक खेलाडीका रूपमा देखा परेका छन्।
जारी सिजनमा रबि बोपाराले एक सय १८ रन बनाएका छन् भने कुशल भुर्तेलले एक सय १२ रन बनाएका छन्। यी दुई खेलाडीले लगातार दुई खेलमा दुई अर्धशतक बनाएका थिए। लिगमा प्रियंक पञ्चालको पनि एक सय २ रन भएको छ।