
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको फ्रेन्चाइज क्लब कर्णाली याक्सका प्रबन्ध निर्देशक गृहेन्द्र घिमिरेले टिमका लागि स्पोन्सर पाउन कुनै गाह्रो नभएको बताएका छन्।
मंगलबार एसियन पेन्ट्ससँग सहप्रायोजन सम्झौता गर्दै घिमिरले स्पोन्सर पाउन गाह्रो नभएको बताएका हुन् । कर्णाली याक्सले यसअघि नेविकोसँग पनि सम्झौता गरिसकेको छ। यो सिजनअघि प्रायोजनका लागि बहुवर्षको सम्झौताका प्रस्तावसमेत आइरहेको प्रबन्ध निर्देशक घिमिरेको भनाइ छ।
प्रबन्ध निर्देशक घिमिरे र एसियन पेन्ट्सका तर्फबाट मार्केटिङ सहायक व्यवस्थापक आस्था सत्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कर्णालीले यो सिजनका लागि तीन विदेशी खेलाडीहरू मार्कबाट, बोसिस्टो र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको छ।