एरिका गुरूङले कराते विश्व च्याम्पियनसिप खेल्ने

कार्तिक ११, २०८२ |खेल ब्युरो
एरिका गुरूङले कराते विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौं । एरिका गुरूङले कराते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन् । 

 नेपाल कराते संघले युनिभर्सालिटी कोटामा एरिकाले सहभागीता जनाउन लागेको जानकारी दिएको हो । विश्व च्याम्पियनसिप, आगामी नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुँदैछ । स्टार खेलाडी एरिकाले कुमुते ६८ केजी माथिको तौल समुहमा प्रतिस्पर्धा गर्ने विश्व कराते महासंघले नेपाललाई पठाएको पत्रमा उल्लेख गरिएको छ । 

केही दिनअघि फ्रान्सको पेरिसमा भएको विश्व च्याम्पियनसिपको छनाेटमा एरिका अन्तिम समयमा चुकेकी थिइन् । उनी प्रि-क्वार्टरफाइनलमा पराजित भइन् । तर प्रारम्भिक चरणमा भने उनले उत्कृष्ट प्रदर्शन गरेर लगातार तीन खेलमा जित हात पारेकी थिइन् । 

एरिकाले लगातार अन्तराष्ट्रिय स्तरमा सानदार खेल खेरिलहेकी छन् । उनी एसियाली खेलकुदकी रजत पदक विजेता हुन् । यस्तै एसियन च्याम्पियनसिपमा पनि उनले नेपालका लागि रजत पदक प्राप्त गरेकी थिइन् । नेपाल बाट यसअघि सानुमाया थिङ छनाेट भइसकेकी छिन् । उनले एकल कातामा प्रतिस्पर्धा गर्नेछिन् ।