
काठमाडौं । यूएईमा आइतबार सुरू भएको आईसीसी विश्वकप लिग टूमा नेपाल र अमेरिकाबीचको खेल जारी छ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले टस जितेर अहिले फिल्डिङ गरिरहेको छ। नेपालले खेलको सूरूआतबाटै नियन्त्रण बनाएको छ। ६ ओभरमा अमेरिकाले १२ रन मात्रै बनाएको थियो। पावर प्लेमा निकै राम्रा प्रदर्शन गरेका नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्।
उनले ११ रन बनाएका एन्ड्रिस गसलाई भीम सार्कीको हातबाट क्याचआउट गराए। उनी आउट हुँदा अमेरिकाले १७ रन बनाएको थियो। १३ ओभर पाँच बलमा व्यक्तिगत १० रन बनाएर कप्तान मोनांक पटेल आउट भए। उनलाई आरिफले एलबिडब्ल्यु धरापमा पारेका हुन्। यतिबेलासमम अमेरिकाले ४८ रन बनाएको छ।
आजको खेलमा अमेरिकाका लागि रुसिल उगारकर र शुभम् रान्जानेले डेब्यु गरेका छन्। नेपाली टिम चार महिनापछि एक दिवसीय खलमा फर्किएको छ। लिगका १६ खेलमा पाँच जितमात्रै हासिल गरेको नेपाल अहिले अंक तालिकामा कमजोर अवस्थामा छ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, गुल्सन झा, आरिफ शेख, सोमपाल, कामी करण, केसी र ललित राजवंशी रहेका छन्।