बुटवलमा मोनोपोल विद्युत् प्रशारण लाइन जडानको काम सुरू

कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुटवलमा मोनोपोल विद्युत् प्रशारण लाइन जडानको काम सुरू

बुटवल । बुटवलमा ३ करोड ६५ लाख रूपैयाँ लगानीमा मोनोपोल विद्युत् प्रशारण लाइन जडानको काम सुरू भएको छ ।

बुटवलबाट मोतीपुरतर्फको १३२ केभी डबल सर्किट प्रशारण लाइनको चारखुट्टे टावर हटाएर एक खुट्टे टावर जडान गर्न लागिएको हो । देशभर १३२ केभी प्रसारण लाइन रहेकोमध्ये बुटवलमा पहिलो पटक मोनोपोल जडान थालिएको विद्युत् प्राधिकरणले जनाएको छ । 

कालिकापथको योगीकुटीदेखि न्यू होराइजनसम्मको ४ ठाउँमा मोनोपोल जडान थालिएको हो । हाल सो क्षेत्रमा रहेको पोलले सडकको ६ मिटर क्षेत्रफल ओगटेको छ । मोनोपोल भने केबल २ मिटरमा जडान हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.