स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमद्वारा पदभार ग्रहण

जेन–जी आन्दोलनका घाइते तथा प्रभावितका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था
कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले जेन-जी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय पनि गर्नुभएको छ । विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जेन-जी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरी तपाईहरूलाई बताउँछु ।’

पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी उहाँले तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकार समेत रहनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.