एनपीएलअगाडि नै टीयु मैदानको काम सक्न मन्त्री घिसिङको निर्देशन

आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एनपीएलअगाडि नै टीयु मैदानको काम सक्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन टियु क्रिकेट मैदानको सम्पुर्ण काम नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणअघि नै सक्न निर्देशन दिनु भएको छ ।

आज अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधीन टियु क्रिकेट मैदानको निरीक्षण गर्नुभएको हो । सो क्रममा उहाँले पहिलो चरणको काम लगभग सकिएको पाइएको उल्लेख गर्दै फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिबद्धता आएको बताउनु भयो । उहाँले एनपीएलअगाडि सबै काम सक्न पनि निर्देशन दिनुभयो । एनपीएल आगामी मंसिर १ देखि शुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ-क्यानका सचिव पारस खड्काले फ्लड लाइटहरु नेपाल आइसकेको र जडान गर्न मात्रै बाँकी रहेको बताउनु भयो । खेल देशलाई जोड्ने माध्यम भएकाले राजनीतिभन्दा बाहिर राख्नुपर्ने उहाँको भनाइ छ।

क्यान सचिव खड्काले मैदानको पिच तयारी अवस्थामा रहेको र आगामी दुई हप्तामा मैदानमा धेरै परिवर्तन आउने दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.