आईसीसी टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

प्रतियोगिता असोज २२ देखि ओमानमा हुने
आश्विन १७, २०८२ |खेल ब्युरो
आईसीसी टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक संयुक्त छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ-क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्ति अनुसार यूएईमा सम्पन्न वेस्ट इन्डिजविरूद्धको युनिटी कप खेल्ने टोलीमा सामेल साहब आलमलाई टिमबाट बाहिर राखिएको छ । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । क्यानका अनुसार साहब आलमलाई ट्राभलिङ रिजर्भमा रखिएको छ ।

नेपाली टोलीमा रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख र आदील आलम सामेल छन् । यस्तै करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र सन्दीप जोरालाई पनि टिममा सामेल गरिएको छ । रिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी पनि १५ सदस्यीय नेपाली टोलीमा सामेल छन् ।

छनोट प्रतियोगिता यसै महिनाको २२ गतेदेखि ३१ गते सम्म ओमानमा आयोजना हुने छ । नेपालले समूह दुईमा जापान र कुवेतसँग खेल्नेछ ।