धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोलामा सुक्खा पहिरो खस्दा अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
राति १ बजे गएको पहिरो पन्छाएर दिउँसो ३ बजेदेखि राजमार्गमा दुईतर्फी नै यातायात खुलाइएको हो । बिहान एक पटक पन्छाइएको भए पनि पछि ठूलो पहिरो झरेपछि बाटो फेरि अवरूद्ध बनेको थियो ।
राजमार्ग खुलेपछि रातिदेखि जाममा परेका सवारीसाधानलाई पालैपालो गन्तव्यमा पठाउने काम भइरहेको धादिङका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो ।