नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमीफाइनलमा

आश्विन ६, २०८२ |खेल ब्युरो
नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमीफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमीफाइनल प्रवेश गरेको छ । 

समुहको अन्तिम खेलमा बंगलादेशले श्रील‌ंकालाई ४-० गोलले पराजित गरेपछि नेपालले अन्तिम चारमा स्थान बनाएको हो । बंगलादेश दुई खेलबाट ६ अंक जोड्दै समुह 'ए'को विजेता र तीन अंक हासिल गरेको नेपाल उपविजेताका रुपमा सेमीफाइनल पुगेका हुन् । 

गएराति भएको खेलमा बंगलादेशको जितमा मोहम्द रिफात काजीले ह्याट्रिक गरे । कोलम्बो स्थित रेसकोर्स स्डेडियममा खेलको १८औं मिनेटमा मोहम्मद आरिफको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । 

बाँकी तीन गोल दोस्रो हाफमा भएको हो । ४८औं मिनेटमा काजीले अग्रता दोब्बर बनाए । ६४औं मिनेटमा उनैले गोल गरेपछि घरेलु टिम ३-०ले पछि पर्यो । ८८औं मिनेटमा रिफात काजीले ह्याट्रिक गरेपछि बंगलादेशले समुह चरणमा शत प्रतिशत नतिजा निकाल्यो । 

उसले आफ्नो पहिलो खेलमा नेपाललाई ४-० गोलले हराएको थियो । श्रीलंका भने जितविहिन हुँदै प्रतियोगिताबाट बाहिरियो । नेपालले श्रीलंकालाई २-० गोलले पराजित गरेको थियो । 

अब नेपालले सेमीफाइनलमा खेल्ने प्रतिस्पर्धी साेमबार टुंगो लाग्नेछ । समुह 'बी'को अन्तिम खेलमा साेमबार भारत र पाकिस्तान तथा भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । 

भारत र पाकिस्तान यसअघिनै सेमीफाइनल पुगिसकेका छन् । यो खेलले समुह विजेता र उपविजेता थाहा हुनेछ ।