काठमाडौं । विश्व फुटवलको प्रतिष्ठित 'बलुन दाे' अवार्ड विजेताको घोषणा साेमबार हुँदैछ ।
गत सिजन गरेको प्रदर्शनका आधारमा महिला र पुरूषतर्फ उत्कृष्ट हुने खेलाडीले अवार्ड प्राप्त गर्नेछन् । अवार्ड समारोह फ्रान्सको पेरिसमा हुनेछ । पुरूषतर्फ अन्तिम सूचीमा पेरिस सेन्ट जर्मेन-पीएसजीका उस्मान डेम्बेले, बायर्न म्युनिखका हेरी केन, रियाल मड्रिडका किलियन एम्बाप्पे, बार्सीलोनाका राफिन्ह्या, लिभरपुलका मोहम्मद सालाह र बार्सीलोनाका लमिन यामल छन् ।
जस्मा डेम्बेले र यामललाई प्रमुख दावेदारका रूपमा हेरिएको छ । गत सिजन पीएसजीले लिग वान र पहिलो पटक च्याम्पियन्स लिग जित्दा तथा क्लब विश्वकपको फाइनल पुग्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
डेम्बेलेले गत सिजन लिग वानमा २९ खेलमा २१ गोल गरेका थिए । च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन बनेका उनले ६ एसिस्ट र ८ गोल गरेका थिए । यस्तै १८ वर्षीय यामलले बार्सीलोनालाई ला लिगा, कोपाल डेल रे र सुपर कप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै सालाहले १८ एसिस्ट र २९ गोल गरेपछि लिभरपुलले प्रिमियर लिग उपाधि जितेको थियो । बार्सीलोनाले ट्रिबल जित्दा राफिन्हया मुख्य खेलाडीमध्ये एक थिए । फ्रेन्च फरवार्ड एम्बाप्पे ला लिगाको उच्च गोलकर्ता बन्दै सिजन टुंग्याएका थिए ।
उनले कुल ३१ गोल गरेका थिए । महिलातर्फ बार्सीलोनाकी एइटाना बोनमटी, आर्सनलकी अलेसिया रूस्सो, बार्सीलोनाकै एलिक्सया पुटियास, क्लाउडिया पिना, चेल्सिकी लुसी ब्रोन्ज र आर्सनलकी मारियोना काल देन्तीय प्रतिस्पर्धामा रहेका छन्।