नेपालमा हुने भनिएकाे पब्जी मोबाइल इ-स्पोर्ट्स च्याम्पियनसिप अब यूएईमा, नेपाली टोलीको सहभागितामा अन्योल

आश्विन ४, २०८२ |खेल ब्युरो
नेपालमा हुने भनिएकाे पब्जी मोबाइल इ-स्पोर्ट्स च्याम्पियनसिप अब यूएईमा, नेपाली टोलीको सहभागितामा अन्योल

काठमाडौं । नेपालमा आयोजनाको लागि तय भएको पब्जी मोबाइल इ-स्पोट् च्याम्पियनसिपको दक्षिण र सेन्ट्रल एसिया फल अब युएईमा आयोजना हुने भएको छ। 

आन्दोलनका कारण नेपालमा आयोजना स्थगित गरी आयोजकले यूएईमा आयोजना गर्ने जानकारी दिएको हो। पब्जी विश्वच्याम्पियनसिपको छनोटका रूपमा रहेको यो प्रतियोगिता गत असोज २ गतेबाट नेपालमा आयोजना हुने तय थियो। तर नेपालमा सुरक्षाको कारण देखाउँदै पब्जी मोबाइलले आयोजना स्थगित गरेको थियो। 

आयोजकले अब यही असोज २४ देखि २९ गतेसम्म आयोजना गर्ने भएको हो। नेपालको ईस्पोर्ट्स संघ-इसानले भने प्रतियोगिता नेपालमा नै आयोजनाको लागि लबिइङ गरिरहेको थियो। 

तर यूएईले अहिले नेपालीलाई भिसा दिन बन्द गरेका कारण पिएमएसएल युएईमा आयोजना हुँदा नेपालका चार क्लबले सहभागिता जनाउन पाउँछन् कि पाउँदैनन् भन्ने अन्योल बढेको छ। 

प्रतियोगितामा सेन्ट्रल एसियाका १२, दक्षिण एसियाका चार र पाकिस्तानको चार टोली सहभागी छन्। सेन्ट्रल र दक्षिण एसिया फलमा नेपालका तीन क्लब छनोट भएका छन्। 

स्थानीय टोलीका रूपमा डिआरएस गेमिङसमेत प्रतियोगितामा सहभागी बनेको थियो। प्रतियोगितामा २४ टालीलाई तीन समूहमा विभाजन गरिएको थियो।