काठमाडौं । नाओमी ओसाका र कोको गौफ यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
न्यु योर्कमा बुधबार भएको खेलमा पुर्व च्याम्पियन गौफ हारबाट जोगिइन् । अमेरिकन खेलाडी गौफले बिना वरियताकी आइला टमयानोभिचलाई तीन सेटमा पराजित गरेकी हुन् ।
तेस्रो वरियताकी घरेलु फेभरेट गौफले अस्ट्रेलियन टमयानोभिचलाई पहिलो सेटमा ६-४ ले हराएकी थिइन् । तर दोस्रो सेट उनले गुमाइन् । यो सेट टाइब्रेकरमा पुगेको थियो ।
३२ वर्षिया टमयानोभिचले ७-६ ले जितेपछि खेल रोमाञ्चक बनेको थियो । तर फ्रेन्च ओपनको साविक विजेता गौफलाई रोक्न भने सकिनन् । तेस्रो सेट ७-५ ले आफनो पक्षमा पार्दै गौफले दोस्रो चरणमा स्थान सुरक्षित गरिन् । यी दुई बीचको खेल दुई घन्टा ५७ मिनेटसम्म चलेको थियो ।
यस्तै जापानकी ओसाकाले, बेलिजयमकी ख्रिट मिननलाई सोझो सेटमा हराइन् । ओसाकाले मिननविरूद्ध ६-३ र ६-४ को नजिता हात पारेकी हुन् ।
जापानकी २३ वरियता प्राप्त ओसाकाले कुल ७ एस प्रहार गर्दा मिननले कुनै एस प्रहार गर्न सकिनन् । दुई पटककी यूएस ओपन च्याम्पियन ओसाकाले ६ मध्य ६ वटै ब्रेक पोइन्ट जोगाउँदै वर्षको अन्तिम ग्रान्ड स्ल्याममा उत्साहजनक सुरूवात गरेकी हुन् ।