नेपाल टप एन्ट टि-ट्वेन्टी सिरिजको लिग चरणबाटै बाहिरियाे

भाद्र ६, २०८२ |खेल ब्युरो
नेपाल टप एन्ट टि-ट्वेन्टी सिरिजको लिग चरणबाटै बाहिरियाे

काठमाडौं । नेपाल टप एन्ट टि-ट्वेन्टी सिरिजको लिग चरणबाटै बाहिरिएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपाली टिम पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएर बाहिरिएको हो। पाकिस्तान साइन्सले प्रस्तुत गरेको एक सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल एक सय ४३ रनमा समेटियो।

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो। खेलको दास्रो ओभर बलिङमा आएका दिपेन्द्र सिंह ऐरीले दुई रन मात्रै खर्च गरेर दुई विकेट लिएर नेपाललाई सानदार सुरुआत दिलाएका थिए। उनले, माज सदाकतलाई एक रन बनाएको अवस्थामा क्याचआउट गराए। 

दोस्रो ओभरको अन्तिम बलमा मोहम्मद फिकलाई २ रनमा बोल्ड गरेका थिए। नेपालको अन्तिम खेल हेर्न डार्विन मैदान पुगेका समर्थकले उत्साहसाथ पहिलो इनिङ हेरेका थिए। कुशल भुर्तेलले यासिर खानलाई १८ रन बनाएको अवस्थामा क्याचआउट गराए। 

सोमपाल कामीले घाजी घोरीलाई चार रनमा पवेलियनको बाटो देखाएका थिए। ११‍‍‍औं ओभरको सुरूमा नन्दनको बलबाट अब्दुल समदको ठूलो विकेट पतन भयो। समद २६ रन जोडेर आउट भए। त्यसैगरी उनले मुबासिर खानलाई सोही ओभरमा आउट गरेर पाकिस्तानको ब्याटिङ लाइनअप धरासायी बनाएका थिए। १२ ओभर २ बलमा सोमपालले मुमताजलाई आउट गराउँदा पाकिस्तानको खातामा सात विकेट–७३ रन भएको थियो।

त्यसपछि, मोहममदा वासिमले २३ रनको योगदान गर्न सकेका थिए। नेपालका लागि सोमपालले तीन विकेट लिए भने नन्दन यादव र दिपन्द्रले समान दुई-दुई विकेट लिएका थिए। त्यसैगरी, कुशलको नाममा पनि एक विकेट रह्यो।

जवाफमा नेपालले औषत सुरूआत गर्यो। कुशल भुर्तेल चार रनमा आउट भए पनि आसिफ शेख र रोहितले ५२ रनको साझेदारी गरे। आशिफ २७ रन बनाएर आउट भए भने रोहितले ४४ बलमा ५२ रनको अर्धशतकीया साझेदारी गरेका थिए। तर गुल्सन झा तीन रनमा आउट भए। 

दिपेन्द्रले २१ बलमै दुई चौका र एक छक्काको साथमा ४१ रन प्रहार गरे। लोकेश बलमे पनि १० रन जोडे। अन्तिम ओभरमा जितको लागि आवश्यक ८ रन जोड्न नसक्दा नेपाल पराजित भयो। अन्तिम ओभरमा नै नेपालले दुई विकेट पनि गुमाएको थियो। त्यो विकेट फैसल अक्रमले लिएका थिए।

यो हारसँगै नेपाल बाहिरएको छ भने पाकिस्तान साइन्स नेट रन रेटमा अघि रहँदै सेमिफाइनलमा पुगेको छ।