टप एन्ड टि ट्वेन्टी सिरिज : नेपालसामू १४५ रनको लक्ष्य प्रस्तुत

भाद्र ६, २०८२ |खेल ब्युरो
टप एन्ड टि ट्वेन्टी सिरिज : नेपालसामू १४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । टप एन्ड टि ट्वेन्टी सिरिजअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तान साहिन्सले नेपालसामू १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

पाकिस्तान साइन्सले टस जितेर पहिले ब्याटिङ रोजेपछि बलिङबाट खेल सुरू गरेको नेपालले बलिमा कन्सिस्टेन्ट प्रदर्शन गर्यो। पाकिस्तमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रन बनाएको हो।

खेलमा नेपालले सानदार सुरूआत गर्यो। दास्रो ओभर बलिङमा आएका दिपेन्द्र सिंह ऐरीले दुई रन मात्रै खर्च गरेर दुई विकेट लिएका छन्। उनले, माज सदाकतलाई एक रन मात्रै बनाएको अवस्थामा क्याचआउट गराएका थिए। 

दोस्रो ओभरको अन्तिम बलमा मोहम्मद फिकलाई बोल्ड गरेका थिए। नेपालको अन्तिम खेल हेर्न पुगेका डार्विन मैदान पुगेका समर्थकले उत्साहसाथ खेलको सुरूआत गरेका थिए।

नेपालका लागि कुशल भुर्तेलले यासीर खानलाई १८ रन बनाएको अवस्थामा क्याचआउट गराए। सोमपाल कामीले घाजी घोरीलाई पवेलियनको बाटो देखाएका थिए। पाकिस्तानले चार विकेट गुमाउँदा ४९ रन बनाएको थियो। 

११‍‍‍औं ओभरको सुरूमा नन्दनको बलबाट अब्दुल समदको ठूलो पतन भएको थियो। समद २६ रन जोडेर आउट भएका हुन्। त्यसैगरी उनले मुबासिर खानलाई सोही ओभरमा आउट गरेर पाकिस्तानको ब्याटिङ लाइनअप धरासायी बनाएका थिए। 

मुवासिर त तीन रनमै बाहिरन बाध्य भएका हुन्। १२ ओभर २ बलमा सोमपालले मुमताजलाई आउट गराउँदा पाकिस्तानको खातामा सात विकेट–७३ रन भएको थियो।

त्यसपछि, मोहममदा वासिमले २३ रनको योगदान गर्न सकेका थिए। नेपालका लागि सोमपालले तीन विकेट लिए भने नन्दन यादव र दिपन्द्रले समान दुई दुई विकेट लिएका थिए। त्यसैगरी, कुशलको नाममा पनि एक विकेट रह्यो।