साफ अन्डर सेभेन्टिन महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसंग खेल्दै

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
साफ अन्डर सेभेन्टिन महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसंग खेल्दै

काठमाडौं । साफ अन्डर सेभेन्टिन महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसंग खेल्दैछ ।

थिम्पुस्थित चाम्लिङथाङ स्टेडियममा हुने नेपाल र घरेलु टिम बीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा भारतसंग सात शुन्य गोलको फराकिलो हार बेहोरेको नेपाल पुनरागमनको प्रयासमा छ । अघिल्लो खेलमा नेपालले निकै फितलो खेल प्रदर्शन गरेको थियो । 

नेपाल खेलको पहिलो हाफमानै पाँच शुन्य गोलले पछि परेको थियो । आज भुटान विरुद्ध मैदान उत्रदा नेपाल जित हात पार्दै तीन अंक जोड्ने प्रयासमा हुनेछ । उसका लागि कमजोरी सुधारको अवसर पनि रहनेछ । 

भुटान पनि जारी प्रतियोगितामा पहिलो जितको खोजीमा नै छ । लिगको पहिलो खेलमा बंगलादेशले तीन एक गोलले भुटानलाई पराजित गरेको थियो । प्रतियोगिता डवल राउन्ड रोविनका आधारमा भइरहेको छ । आज नै बंगलादेश र भारत पनि आमनेसामने हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.