विर्तामोड बजारमा व्यवस्थित पार्किङको माग

भाद्र ६, २०८२ |रमा दाहाल
विर्तामोड बजारमा व्यवस्थित पार्किङको माग

झापा/ बढ्दो शहरीकरणसँगै झापाको विर्तामोड बजारमा व्यवस्थित पार्किङको अभाव भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अव्यवस्थित पार्किङका कारण बजारनै अस्तब्यस्त भएको भन्दै बजारबासीले सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

यसै गरि सडक मापदण्डका कारण समस्याहरू थपिदै गएकोमा उनीहरुको चिन्ता छ । विर्तामोड उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले एसियन हाइवे विस्तारले विर्तामोडको व्यापार व्यवसायलाई असर पुर्याउने अवस्था देखिएको पनि गुनासो पोखे ।

त्यस्तै ट्राफिक व्यवस्थापन, पार्किङस्थल र सार्वजनिक शौचालय अभावले विर्तामोड अस्तव्यस्त बनेको भन्दै आक्रोश समेत सहभागीहरूले पोखेका छन् । अर्कातिर लागूऔषध दुर्व्यसनीका कारण घर घरमा समस्या भित्रदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।