अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : महामन्त्री थापा

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संशोधन गरेर अधिकार खुम्च्याउने नभइ थप विस्तार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । 

नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने दिशामा अघि बढ्ने पनि उहाँले बताउनु भयो । शासकीय काममा भएका अवरोधहरुलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो । नयाँ पुस्ता अब पनि प्रजातन्त्रको लागि लड्न नपरोस् भन्नेकुरामा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

महामन्त्री थापाले नौजवानलाई पार्टीमा ल्याएर उनीहरूमार्फत बाँकी कामहरू गराउन सक्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.