३८औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र एक रजत पदक

श्रावण ८, २०८२ |खेल ब्युरो
३८औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र एक रजत पदक

काठमाडौं । नेपालले ३८औं आई-एस-टीएफ विश्व च्याम्पियनसीपमा बिहिबार एक स्वर्ण र एक रजत पदक जितेको छ ।

नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरूष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघले जनाएको छ । मिक्स क्वाडमा रोशन तामाङ, सुमित्रा डंगोल, निरू थापा मगर, पदम मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए । 

यो विधामा चाइनीज ताइपेईं दोस्रो र बंगलादेशले तेस्रो स्थान हासिल गरे । थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले नेपालको प्रतिनिधित्व गरेका थिए । यस स्पर्धामा चाइनीज ताइपेईंले स्वर्ण जित्यो ।