काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबको विजयी सुरुवात

माल्दिभ्सको दिहिभी सिफाइङगी पाँच सेटमा पराजित
श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबको विजयी सुरुवात

काठमाडौं । काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबले , विजयी सुरुवात गरेको छ । हेल्प नेपालले आफ्नो पहिलो खेलमा घरेलु टिम माल्दिभ्सको दिहिभी सिफाइङगी माथि पाँच सेटको रोमान्चक जित हात पारेको हो ।

मालेमा गएराति यी दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट हेल्प नेपालले ३३-३१ ले जितेको थियो । हेल्प नेपाल एक समय २३-२१ अंकले अघि थियो । तर दिहिभीले पुनरागमन गर्दै लगातार दुई अंक जोडेपछि खेल रोमान्चक बन्यो । सेट पोइन्टमा पुगेको हेल्स नेपाललाई दिहीभीले रोक्यो र खेल लम्बिएको थियो । तर कडा चुनौतीका बीच हेल्प नेपालले सेट आफ्नो पक्षमा पार्यो । 

दोस्रो सेट पनि हेल्प नेपालकै नाममा रह्यो । २५-२० को जितपछि हेल्प नेपाल सोझो सेटमा विजयी हुने हुने अनुमान गरिएको थियो । तर बाँकी दुई सेटमा दिहिभी खेलमा फर्कियो । तेस्रो सेट हेल्प नेपालले २२-२५ ले गुमायो । चौथो सेटमा पनि लय समात्न नसकेपछि दिहिभीलाइ २०-२५ ले नतिजा सुम्पियो । तर पाँचौ तथा निर्णायक सेटमा हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १५-८ को जित हात पारेको हो । नेपालले आफ्नो दोस्रो खेलमा आज क्लब एच डि सी संग प्रतिस्पर्धा गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.