तीन क्लबलाई एन्फाको पत्र : लिग सकिएको दुई वर्षपछि थ्री-स्टार रेलिगेसनमा

जोगियो एपीएफ, प्रकृयामा त्रुटि भएको थ्रीस्टारको भनाइ
असार ५, २०८२ |खेल ब्युरो
तीन क्लबलाई एन्फाको पत्र : लिग सकिएको दुई वर्षपछि थ्री-स्टार रेलिगेसनमा

काठमाडौं । चर्चित थ्रिस्टार फुटबल क्लब सहिद स्मारक 'बी' डिभिजन लिगमा घटुवा भएको छ। दुई वर्ष अघि आयोजना भएको सहिद स्मारक 'ए' डिभिजन लिगको अन्तिम खेलमा जावलाखेल र थ्रीस्टार क्लबबीचको खेलमा भिसा अवधि सकिएका खेलाडी खेलाएपछि नेपाल एपीएफ क्लबले एन्फामा उजुरी गरेको थियो।

अखिल नेपाल फुटबल संघ-एन्फाले यसबारे अध्ययन गर्न समिति बनाएको थियो। सो समितिले तयार पारेको प्रतिवेदन एन्फाले लामो समय सार्वजनिक गरेको छैन्। तर अहिले अशोक कुमार पोख्रेल संयोजक रहेको एन्फाको अपिल कमिटीले एपीएफ क्लबलेको निवेदन उपर सुनुवाई गर्दै थ्रिस्टार जावलाखेलबीच भएको खेलको नतिजा जावलाखेलको पक्षमा दिएको छ।

लिगको खेलमा भने थ्रीस्टारले खेले १-०ले जितेको थियो। सो खेलमा डिफेन्डर विक्रम लामाले गोल निर्णायक गोल गरेर थ्री स्टारलाई जित दिलाएका थिए। साथै सो पेनाल्टीलाई लिएर पनि विवाद भएको थियो। यस पेनाल्टीको विषयमा पनि अध्यन गरिने भनिएकोमा सोबारे भने नतिजा आएको छैन् ।

यसबारे अहिलेसम्म एन्फा साथै एपीएफ, थ्रीस्टार र जावलाखेल क्लबले कुनै आधिकारिक जानकारी दिएको छैन्। तर यी क्लका पदाधिकारीले एन्फाबाट चिठि आएको कान्तिपुरलाई बताएका छन्। चिठीमा त्यही खेलको ब्यहोराबारे जानकारी दिइएको छ।

थ्रीस्टारले भर्खरै मात्र एन्फाको मेल प्राप्त गरेको छ। मेलबाटल आएका पत्रमा थ्रीस्टारअको अंक घटाइएको भनिएको छ। थ्रीस्टारका एक पदाधिकारीले भने 'हामीलाई भर्खरै मेल प्राप्त भएको छ । हामी बैठक बस्ने योजनामा छौं। उक्त खेलमा हामीलाई दुई विदेशी खेलाडी खेलाउँदा हुन्छ भनिएपछि खेलाएका हौँ। त्यसमा पनि उक्त खेल सकिएको दुई घण्टा भित्रमा विपक्षी टिमले उजुरी गर्न पाउने नियम छ। तर यहाँ तेस्रो पक्षले दुई दिनपछि उजुरी गरेको थियो। यसलाई हेर्दा हामीले होइन यसमा सहभागी व्यक्तिहरूलाई पनि कारबाही हुनुपर्छ।’

थ्रीस्टार र जावलाखेलबीचको खेलले थ्रिस्टार र एपीएफमध्ये कुन क्लब बी डिभिजनमा घटुवा हुने भन्ने तय गर्नेवाला थियो। त्यसैले अन्तिममा जित्नै पर्ने खेलमा जित हाँसिल गरेर थ्री स्टार रेलिगेसनबाट बाचेको भनिएको थियो। त्यसपछि एन्फाले पनि एपीएफलाई बी डिभिजन लिग क्लबको व्यवहार गर्दै आइरहेको भन्दे क्लबले गुनासो गर्ने गरेको छ।

वि.सं. २०८० जेठ २८ गते भएको उक्त खेलमा डिफेन्डर पीटर सेगुन र फरार्ड अजयी मार्टिन्सको भीसा नभएको भनिएको थियो। खेलमा उनीहरूले खेल्न नपाउने भनिए पनि थ्रीस्टारले यी खेलाडीलाई खेलाएको थियो। नयाँ निर्णयपछि बनेको अंकतालिकामा एपीएफको ३० अंक छ भने थ्रीस्टारको २९ अंक मात्रै हुनेछ। इसअघि थ्री स्टारको ३२ अंक थियो।

यसअघि एन्फाको अनुशासन समितिले ती विदेशी खेलाडी र थ्रीस्टारलाई क्रमशः ५० हजार र तीन लाख रूपैयाँ जरीवाना पनि गरेको थियो।