फिफा क्लब विश्वकप : इन्टर मयामी र पोर्टो निर्णायक भिडन्तमा, दुवै टोली पहिलो जितको खोजीमा

असार ५, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकप : इन्टर मयामी र पोर्टो निर्णायक भिडन्तमा, दुवै टोली पहिलो जितको खोजीमा

काठमाडौं । फिफा क्लब विश्वकप फुटबलअन्तर्गत समूह 'ए' को खेलमा बिहिबार अमेरिकी क्लब इन्टर मयामीले पोर्तुगिज टोली पोर्टोसँग प्रतिस्पर्धा गर्दै छ । अमेरिकाको क्यालिफोर्नियास्थित रोज बाउलमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुने छ ।

दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन् । पहिलो खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टिमका लागि यो भिडन्त निर्णायक बन्ने छ ।

अल अहलीविरूद्ध इन्टर मायामी निकै भाग्यमानी रहेको थियो । लियोनेल मेसीले अन्त्यतिर केही प्रयास गरे पनि साउदी क्लबका गोल रक्षकले शानदार प्रदर्शन गरेपछि मायामी अंक बाढ्न बाध्य भएको थियो । 

पेनाल्टीमा गोल गर्न नसक्नु मायामीका लागि दुरभाग्यपूर्ण बनेको थियो । अर्कोतर्फ, पोर्टोले पहिलो खेलमा पाल्मेरससँग बराबरी खेलेको थियो ।

समूह एमा कुनै पनि टिमले हालसम्म जित हात पार्न नसक्दा यस समूहबाट कुनै गोल समेत हुन सकेको छैन । समूहमा रहेका चारवटै टोलीको समान १-१ अंक छ ।