नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० आई सिरिज खेल्ने

जेष्ठ २९, २०८२ |खेल ब्युरो
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० आई सिरिज खेल्ने
Photo Source : CAN

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० आई सिरिज खेल्ने भएको छ। यूएईको सारजाहमा नेपालले आगामी सेप्टेम्बर अन्तिम हप्तामा सिरिज खेल्ने नेपाल क्रिकेट क्यानले सूचनामार्फत् जानकारी दिएको हो ।

नेपालले पहिलो पटक कुनै पनि टेस्ट राष्ट्रसँग आधिकारिकरूपमा बाइलेटरल सिरिज खेल्न लागेको हो। यसअघि नेपालले टियू क्रिकेट मैदानमा वेस्ट इन्डिजको ए टिमसँग टी-ट्वेन्टी सिरिज खेलेको थियो । 

नेपालले टेस्ट टोलीसँग धेरै खेल खेल्न पाएको छैन । एसिया कपमा भने भारत र पाकिस्तानको सामना गरिसकेको छ। आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग जितको नजिक पुगेको नेपालको श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। तर, टेस्ट राष्ट्रसँग सिरिज खेल्ने अवसर पाएको थिएन् । 

नेपाल र वेस्ट इन्डिजबीचको खेल सेप्टेम्बर २७ देखि ३० तारिखसम्म सारजाह अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। त्रिवि क्रिकेट मैदान निर्माणाधीन रहेको र नेपालमा वर्षाको सम्भावना पनि धेरै रहेको कारण त्यो समयमा नेपालमा खेल हुन कठिन हुन्छ। 

त्यसपछि यूएईको न्युट्रल भेन्यु रोजिएको हो। यो सिरिजपछि ओमानमा टी-ट्वेन्टी विश्वकपको एसिया छनोट हुनेछ। वेस्ट इन्डिजसँगको सिरिजले विश्वकप छनोटमा नेपाललाई धेरै सहयोग हुने क्यानले बताएको छ।