काठमाडौं । सर्बियाका नोभाक जोकोभिचले आफनो व्यक्तिगत करियरमा अर्को कोशे ढुंगा पार गरेका छन । फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा पुर्व नम्बर एक जोकोभिचले अस्ट्रियन क्वालिफायर फिलिप मिसोलिकलाई सोझो सेटमा पराजित गरे ।
रोल्यान्ड ग्यारोसमा जोकोभिचको यो ९९औं जित हो । उनले अस्ट्रेलियन ओपनमा पनि ९९ खेल जितेका छन । जोकोभिचले प्रतिस्पर्धा गरिरहँदा पेरिसस्थित पाक डि फास रोडमा ४० हजार समर्थक स्क्रिनमा च्याम्पियन्स लिग फाइनल हेरिरहेका थिए ।
३८ वर्षीय जोकोभिचले फिलिप कार्टियर कोर्टमा शानदार प्रदर्शन गरे । जोकाभिचले दुई घन्टा नौं मिनेट सम्म चलेके खेलमा पुर्ण रूपमा आफ्नो नियन्त्रण जमाए ।
उनले पहिलो सेटमा २३ वर्षका मिसोलिकलाई ६-३ ले पराजित गरे । दोस्रो सेट ६-४ ले जितेपछि २४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिच सहज स्थितीमा पुगेका थिए ।
तेस्रो सेट ६-२ ले आफ्नो पक्षमा पार्दै उनले अघिल्लो रचणमा स्थान सुरक्षित गरे । उनले तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन । उनी किर्तिमानी २५औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन ।
खेलपछिको पत्रकार सम्मेलनमा जोकोभिचले पीएसजीले च्याम्पियन्स लिग जित्यो अब कसरी होटल फर्किने भन्दै रमाइलो गरेका थिए । जोकोभिचले जारी फ्रेन्च ओपनमा अहिले सम्म सेट गुमाएका छन।
विश्व नम्बर एक यानिक सिनर पनि चौथों चरण प्रवेश गरेका छन । इटालियन सिनरले चेकियाका यिही लहेच्कालाई ६-०, ६-१, ६-२ को सोझो सेटमा पराजित गरेका हुन् । सिनरले जितका लागि ९३ मिनेट समय लगाएका थिए । उपाधिका प्रमुख दावेदार सिनर ग्रान्डस्लाममा १८ खेल यता अपराजित छन ।