लिभरपुलले उत्सव मनाएरहेका बेला समर्थकको भीडलाई एक कारले दियाे ठक्कर, अवस्था तनावपूर्ण

जेष्ठ १३, २०८२ |खेल ब्युरो
लिभरपुलले उत्सव मनाएरहेका बेला समर्थकको भीडलाई एक कारले दियाे ठक्कर, अवस्था तनावपूर्ण

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले आफ्नो घरेलु सहरमा भव्य उत्सव मनाएरहेका बेला एक कारले समर्थकहरूको भीडलाई ठक्कर दिँदा अवस्था तनावपूर्ण बनेको छ । घटनापछि प्रहरी र आपतकालीन सेवा तुरून्तै घटनास्थलमा पुगेका थिए ।

बेलायती प्रहरीले दिएको जानकारीअनुसार लिभरपुलका खेलाडी र प्रशिक्षकहरू सवार ओपन-टप बस सिटी सेन्टर हुँदै गुज्रिएपछि सयौँ समर्थकहरू सडकमा भेला भएका थिए । सोही भीडमा एक कारले अचानक थुप्रै पैदल यात्रुहरूलाई ठक्कर दिएको थियो ।

प्रहरीको विज्ञप्तिअनुसार कार चालक ५३ वर्षीय बेलायती पुरूषलाई पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको संख्या र अवस्था भने सार्वजनिक गरिएको छैन ।