काठमाडौं । नेपाल १० वर्षपछि आईसीसी टी-२० पुरुष क्रिकेट विश्वकपमा पुगेपछि सरकारले दिने भनेको तयारी खर्च अझै नदिएको खुलेको छ । सरकारले नेपाली क्रिकेट टिमको तयारीका लागि ५ करोड रुपैयाँ दिने भनेकोमा अहिलेसम्म १ करोड ७५ लाख मात्रै दिएको छ ।
नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले अहिलेसम्म १ करोड ७५ लाख पाएको बताए । नेपाल विश्वकपमा छनोट भएपछि सरकारले राष्ट्रिय टिम पुरस्कार तथा सम्मान कार्यविधिअनुसार ५ करोड पुरस्कार दिने घोषणा गरेको थियो । विश्वकपअघि नै दिनुपर्ने भए पनि विश्वकप खेलेको एक वर्ष पुग्नै लागे पनि क्रिकेट संघले बाँकी रकम नपाएको हो ।