काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानको मुख्यालय मुलपानीमा आज आयोजित एक कार्यक्रम बीच टिमको बिदाई गरिएको हो । परिक्षामा सहभागी भएका कारण कप्तान रोहित पौडेल बिदाई कार्यक्रममा सहभागी थिएनन् । मुख्य प्रशिक्षक स्टुअर्ट ल यस अघिनै युके प्रस्थान गरिसकेका छन । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ ।
नेपाल स्कर्टल्यान र नेदरल्यान्ड्स सहभागी लिग-२ को त्रिकोणात्मक सिरिज अघि जेठ २ गते देखि १२ गते बीच एमसीसीलगायत इंग्ल्यिान्डका चार प्रतिष्ठित क्लबहरूसँग समान १-१ अभ्यास खेल खेल्ने छ । त्यसपछि नेपालले स्कर्टल्यान्ड ए सँग जेठ १५ र १७ गते स्कर्टल्यान्ड ए सँग २ वटा अभ्यास खेल खेल्नेछ ।
लिग-२ अन्तर्गत नेपालले जेठ १९ गते स्कटल्याण्ड र २१ गते नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जेठ २५ गते पुन: स्कटल्याण्ड र २७ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।
लिग-२ सिरिजपछि नेपालले यी दुबै टोलीसँग त्रिकोणात्मक टी-२० आई सिरिज खेल्नेछ । यो सिरिज असार १ गते देखि ५ गते सम्म सञ्चालन हुनेछ । लिग-२ मा खराब प्रदर्शन गरेको नेपाल हालसम्म १२ खेलमा २ जितसहित ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।