काठमाडौं । ब्राजिलियन महिला फुटवलको सुपर स्टार मार्टालाई जापानसँगको मैत्रीपुर्ण खेलका लागि टिममा बोलाइएको छ ।
प्रशिक्षक अर्थर इलियासले ३९ वर्षीया मार्टासहितको टिम घेाषणा गरेकी हुन् । राष्ट्रिय टिमको उच्च गोलकर्ता मार्टा एक वर्षपछि फर्किएकी हुन् ।
मार्टाले सन २०२४ को पेरिस ओलम्पिकपछि अन्तराष्ट्रिय फुटवलबाट सन्यास लिने बताएकी थिइन् । तर, ओर्लान्डो प्राइडकी स्ट्राइकर मार्टा कोपा अमेरिकाको तयारीमा रहेको टिममा समावेश भएकी छन ।
ब्राजिल कोपा अमेरिकाको उपाधि रक्षा गर्ने लक्ष्यमा छ । अमेरिकन क्लब ओर्लान्डोबाट व्यावसायिक फुटवल खेलिरहेकी मार्टाले यसै वर्ष थप दुई वर्ष सम्झौता नवीकरण गरेकी थिइन् ।
क्लबसँग सम्झौता थप गर्दै विश्व महिला फुटवलको एक उत्कृष्ट खेलाडी मार्टाले तत्काल बुट थन्क्याउन सक्ने सबै अनुमानलाई गलत साबित गरिदिएकी थिइन् । ब्राजिलले ३० मे र जुन २ मा जापानसँग घरेलु मैदानमा मैत्रीपुर्ण खेल खेल्दैछ ।