ललितपुर । प्लानिङ ब्वाइज युनाइटेड क्लब दुई खेल अगावै सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा जारी बी डिभिजन लिगअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लबलाई २-० ले हराउँदै लिगमा २७ अंक बनाएर प्लानिङ ब्वाइज ए डिभिजनमा उक्लिएको हो । आजको खेलमा प्लानिङ बोइजका लागि पुजन थापाले गोल गरे भने बाँसबारीका सन्दीप राउतले आत्मघाती गोल गरेका थिए । प्लानिङ ब्वाइजले दोस्रो स्थानमा रहेको श्री भगवति क्लब टोखासँग ५ अंकको अग्रता बनाएको छ ।