काठमाडौँ । काठमाडौँ महानगरपालिका-२४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगलागीमा एक जनाकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
आडैमा रहेको रूकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि आगो सल्किएको छ । आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि जुद्ध बारूद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको प्रयोग भएको छ । प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ ।