नेशनल फुटबल लिग-एनएफएल २०२७ को ड्राफ्ट वासिङ्टनमा आयोजना हुने

वैशाख २३, २०८२ |खेल ब्युरो
नेशनल फुटबल लिग-एनएफएल २०२७ को ड्राफ्ट वासिङ्टनमा आयोजना हुने

काठमाडौं । नेशनल फुटबल लिग-एनएफएल २०२७ को ड्राफ्ट वासिङ्टन डी.सी. मा आयोजना हुने भएको छ ।

राष्ट्रपति डनल्ड ट्रम्पले ड्राफ्ट वासिङ्टन डी.सी. मा आयोजना हुने घोषणा गरेका हुन् ।

एनएफएलको सबैभन्दा ठूलो अफ-सिजन कार्यक्रम सन् १९४० पछि पहिलोपटक अमेरिकाको राजधानीमा हुने भएको हो । तीन दिनसम्म चल्ने यो कार्यक्रम राष्ट्रिय संग्रहालय क्षेत्र नेशनल मोलमा हुनेछ । जुन हृवाइट हाउसबाट नजिकै रहेको छ ।

२०२७ को ड्राफ्टमा १० लाखभन्दा बढी समर्थक उपस्थित हुने अपेक्षा गरिएको छ । जुन २०२४ मा डेट्रयटमा भएको ड्राफ्टका आगन्तुक भन्दा ७ लाख ७५ हजारले बढी हो ।