जानकीको जन्मदिनमा बिदा दिनुपर्छः प्रभु साह

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जानकीको जन्मदिनमा बिदा दिनुपर्छः प्रभु साह

काठमाडौं । आम जनता पार्टी-आजपाका अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष शाहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाउनुभएको हो । 

राम नवमीमा बिदा दिइने भएपनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको उहाँको आरोप छ । उहाँले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माता जानकीको बारेमा सरकारलाई थाहा छ कि छैन ? राम नवमीमा सरकारले बिदा पनि दिन्छ । जानकी जयन्तीलाई किन बेवास्ता गरेको भन्ने प्रश्न पनि गर्न चाहन्छु । के अहिलेको एक्काइसौं शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ? एउटा राष्ट्रिय विभूति सीता जुन नेपालको गौरव हुन् । उहाँको सम्मानलाई बेवास्ता गर्न मिल्छ । प्रधानमन्त्रीज्युले आफ्नो जन्मदिन त पुरै धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? ’

उहाँले जानकी जयन्तीलाई राष्ट्रिय महत्वको दिनको रूपमा स्थापित गरी सार्वजनिक विदाको घोषणा गर्न माग गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.