सांसद्का प्रश्नप्रति गम्भीर हुन सरकारलाई सभामुखको रूलिङ, नागरिक उन्मुक्ति र जनमतद्वारा बैठक अवरोध

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सांसद्का प्रश्नप्रति गम्भीर हुन सरकारलाई सभामुखको रूलिङ, नागरिक उन्मुक्ति र जनमतद्वारा बैठक अवरोध

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद्हरूले संसद्मा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद्हरूले सरकार सांसद्हरूका प्रश्नको जवाफबाट भागेको भन्दै रूलिङको माग गरेका थिए । 

बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरू सभामा उठेर बिरोध जनाएका थिए । बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद् अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रूलिङ गर्नुभयो । तर संसद्मा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरूले उठेर बिरोध जनाइरहेका छन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.