जनार्दन शर्माको प्रश्नः सरकार यति गैरजिम्मेवार किन ?

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनार्दन शर्माको प्रश्नः सरकार यति गैरजिम्मेवार किन ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सांसदहरूले संसद्मा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो । उहाँले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत् सरकारलाई निर्देशन दिनुपर्ने माग गर्नुभयो । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शुन्य समय शुन्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत् निर्देशनको माग गर्दछु ।’

सरकार गैरजिम्मेवार किन ? भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.