काठमाडौं । तीन पटककी च्याम्पियन पेत्रा क्विटोभा अप्रत्याशित हार बेहोर्दै मड्रिड ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् ।
क्विटोभा अमेरिकी खेलाडी केटी भोलाइनेट्ससँग सोझो सेटको लज्जास्पद हार बेहोर्न बाध्य भइन् । १ घण्टा २८ मिनेटसम्म चलेको खेलमा क्विटोभा पूरै संघर्षरत देखिइन् । भोलाइनेट्सले पहिलो सेटमा ६-४ को जित हात पार्दा दोस्रो सेटमा क्विटोभालाई अंक जोड्ने अवसर समेत नदिइ लभ सेट होल्ड गरिन् ।
२०२३ को बेइजिङ ओपन पछि पहिलो सन्तान जन्म दिन टेनिसबाट विश्राम लिएकी क्विटोभा केही महिला अघि कोर्टका फर्किएकी थिइन् । तर उनले लगातार निराशाजनक प्रदर्शन गरिरहेकी छन् । उनले अष्टिन, इन्डियन वेल्स, मायामी र अब मड्रिडमा पनि जित निकाल्न असफल भइन् ।
यो अप्रत्याशित हारसँगै क्विटोभाको आगामी प्रदर्शनमा प्रश्नचिन्ह खडा भएको छ भने भोलाइनेट्स आत्मविश्वाससहित अर्को चरणमा प्रवेश गरेकी छन् ।