इटहरी मेयरकप अन्तरपालिका क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा ५ जिल्लाका १८ टिमले खेल्ने

चैत्र १९, २०८१ |अर्जुन सुवेदी
इटहरी मेयरकप अन्तरपालिका क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा ५ जिल्लाका १८ टिमले खेल्ने

सुनसरी । दोस्रो संस्करणको इटहरी मेयरकप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगिता १० दिनसम्म चल्ने आयोजक सेभेन स्टार क्लबले जनाएको छ ।

इटहरी-९ स्थित जनता क्रिकेट मैदानमा हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटा जिल्लाका १८ वटा पालिकाको टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी पाउनेछ । उपविजेता टिमले नगद ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताकोको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार प्रदान गरिने र उत्कृष्ट क्याचर र बलरलाई जनही ४-४ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न कुल १९ लाख ४० हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । गत संस्करणको उपाधी विराटनगर महानगरपालिकाले जितेको थियो ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।