काठमाडौं । यो वर्षको फिफा क्लब विश्वकपको विजेताले एक सय २५ मिलियनभन्दा बढी पुरस्कार रकम प्राप्त गर्ने भएका छन् । ३२ राष्ट्र सहभागी हुने क्लब विश्वकप आगामी जुन १४ देखि अमेरिकामा सुरु हुँदैछ ।
विश्व फुटवलको सर्वोच्च निकाय फिफाले, सरोकारवाला निकायसँगको छलफलपछि पुरस्कार रकम वितरणको मोडल सार्वजनिक गरेको हो ।
यसै महिनाको सुरुवातमा फिफाले प्रतियोगिताको कुल पुरस्कार राशी एक बिलियिन अमेरिकी डलर हुने घोषणा गरेको थियो । कुल एक विलियन डलरको लगभग आधा हिस्सा प्रतिस्पर्धी ३२ टिममा विभाजन गरिनेछ ।
जसमा प्रतिक्लबको हिस्सा खेल र कर्मसियलको मापदन्ड अनुसार हुनेछ । अर्थात म्यानचेस्टर सिटी, रियाल मड्रिड लगायतले साना क्लबको तुलनामा बढी प्रतिशत हिस्सा प्राप्त गर्नेछन् ।
बाँकी चार सय ७५ मिलियन डलर रकम प्रदर्शनका आधारमा वितरण गरिने फिफाले जनाएको छ । क्लब विश्वकपको फाइनल १३ जुलाइमा हुनेछ । क्लब विश्वकप नयाँ फर्म्याटमा हुँदैछ ।