काठमाडौं । बार्सीलोना एट्लेटिको मड्रिडमाथि ४-२ गोलको पुनरागमन जीत हात पार्दै पुन: अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
एट्लेटिकोको मैदान मेट्रो पोलिटियानोमा गएराती भएको खेलमा बार्सीलोना २-० गोलले पछि परेको स्थितीबाट फर्किएको थियो । बार्सीलोनाका लागि लमिन यामल र रोवर्ट लेवान्डोस्कील सुरुवातमै गोल गर्ने मौका गुमाएका थिए ।
४५औं मिनेटमा युलियन अल्भारेजले डेडलक तोड्दै पहिलो हाफमा घरेलु टिमलाई १-० गोलको अग्रता दिलाए । ७० औं मिनेटमा अलेक्जान्डर सोलोथले गोल गरेपछि एट्लेटिकोले तीन अंक जोड्ने अनुमान थियो । तर बांकी १८ मिनेट सम्हालिन नसक्दा बार्सीलोनाले शानदार पुनरागमन गर्यो ।
७२औं मिनेटमा लेवान्डोस्कीको गोल मार्फत पाहुँना टिमले दुरी कम गरेको थियो । जारी सिजन लिगमा पोलिस फरवार्डको यो २२ औं गोल हो । उनी लिगका उच्च गोल कर्ता पनि हुन् । ७८ औं मिनेटमा फरान टोरेसले बराबरी गोल फर्काए ।
इन्जुरी समयको दोस्रो मिनेटमा यामलले गोल गरेपछि बार्सीलोना खेलमा अघि रह्यो । लगत्तै टोरेसले ब्यक्तिगत दोस्रो गोल गरे र बार्सीलोनालाई ४-२ को जीत दिलाए । बार्सीलोनाको २७ खेलबाट ६० अंक छ । एक खेल बढी खेल्दै दोस्रो स्थानमा रहेको रियाल मड्रिडको पनि ६० अंकनै छ । २८ अंकका साथ एट्लेटिको तेस्रो स्थानमा छ ।