काठमाडौं । न्युक्यासल युनाइटेडले लिरभपुल माथि २-१ गोलको जीत हात पार्दै लिग कपको उपाधि जितेको छ । यो सँगै न्युक्यासलले ७० वर्ष देखीको घरेलु प्रतियोगिताको उपाधी खडेरी पनि तोड्यो ।
वेम्बलीमा गएराती ८८ हजार पाँच सय बढी समर्थक बीच भएको फाइनल खेलको ४५ औं मिनेटमा न्युक्यासलले अग्रता लिएको थियो ।
उसका लागि न्युकयसालमानै जन्मिएका डान बनले गोल गरेका हुन् । पहिलो पटक इङल्यान्ड राष्ट्रिय टिममा पनि बोलाइएका ३२ वषिर्य बनले केइरन ट्रिपियाको कर्नरलाइ हेडरमार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफमा लिभरपुल १-० गोलले पछि पर्यो ।
५२औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गरेपछि न्युक्यासल समर्थकको खुशीको सिमा रहेन् । इन्जुरी समयमा लिभरपुलका लागि सब्सिच्युट फेडेरिको कियजाले गरेको गोल न्युक्यासलाइ इतिहास रच्न बाट रोक्न पर्याप्त भएन् । रेफ्रिले खेल सकिएको संकेत गरेसंगै वेम्बलीमा न्युक्यासलका खेलाडी र समर्थकले वाइल्ड सेलिव्रेसन गरेका थिए ।
न्युक्यासलले घरेलु प्रतियोगिताको उपाधीका रुपमा पछिल्लो पटक सन १९५५ मा एफ ए कप जितेको थियो । त्यसपछि १९६९ मा इन्टर सिटी फेयर्स कप जितेको थियो । यो जीतले न्युक्यासलको अर्को सिजनको युरोपियन प्रतिस्पर्धामा पनि स्थान पक्का भएको छ ।
लिभरपुललाई भने एक साताको अन्तरमा अर्को झड्का लाग्यो । लिभरपुल च्याम्पियन्स लिग नक आउटमा पेरिस सेन्ट जर्मेन पिएसजी सँग पेनाल्टि सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो ।