काठमाडौं । रियाल मड्रिड भियारियालमाथि २-१ गोलको पुनरागमन जित हात पार्दै ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा घरेलु टिम भिया रियालले उत्कृष्ट सुरुवात गरेको थियो । आयोफे पेरेजले दुई पटक रियालका गोलकिपर टिबो कोट्वालाई परिक्षण गरेका थिए ।
सातौं मिनेटमा भियारियालका हुवान फोयथले गोल गरेपछि रियाल १-० गोलले पछि परेको थियो । तर पाहुना टिमले खेलमा र्फकन धेरै समय लगाएन् । १७ औं मिनेटमा किलियन एम्बाप्पेले बराबरी गोल फर्काएका हुन् । २३औं मिनेटमा उनैले लुकास भाकेजको सहयोगमा गोल गरेपछि पहिलो हाफमा रियाल २-१ ले अघि रहन सफल भएको थियो ।
एम्बाप्पलेको लिगमा यो २०औं गोल हो । उनी शीर्ष स्थानमा रहेका बार्सीलोनाका रोबर्ट लेवान्डोस्की भन्दा मात्र एक गोलले पछि छन् । दोस्रो हाफमा भने गोल हुन सकेन् । भिनिसियस जुनियरले बेन्चबाट सुरुवात गरेका थिए ।
रियालले च्याम्पियन्स लिगमा शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टि सुटआउटमा पराजित गरेको ६६ घन्टा पछि भियारियाल सँग प्रतिस्पर्धा गरेको हो । खेलपछि रियाल प्रशिक्षक कार्लोस एन्सेलोटोली आफ्ना खेलाडी दोस्रो हाफमा थाकेको प्रतिकृया दिएका थिए ।
आफुहरूले ला लिगालाई अनुरोध गरेपनि केही नभएको उनले बताए । सन २०२३ मा फिफाले कम्तीमा ७२ घन्टाको आराम पछि मात्र अर्को खेल खेल्नु पर्ने नियम बनाएको थियो । रियालको २८ खेलबाट ५९ अंक छ । दोस्रो स्थानमा रहेको बार्सीलोनाको २६ खेलबाट ७१ अंक छ । पाँचौ स्थानको भियारियालको २७ खेलबाट ४९ अंक छ ।