इङलिस प्रिमियर लिग : आर्सनल म्यानचेस्टर युनाइटेडसँग बराबरीमा राेकियाे

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इङलिस प्रिमियर लिग : आर्सनल म्यानचेस्टर युनाइटेडसँग बराबरीमा राेकियाे

काठमाडौै । इङलिस प्रिमियर लिगमा आर्सनलले फेरी अर्को निराशाजनक नतिजा निकालेको छ । गएराती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

यो नतिजाले आर्सनलको उपाधी दौड कमजोर बन्दा लिभरपुललाई तालिकामा १५ अंकको फराकिलो अग्रता मिलेको छ ।

ओल्ड ट्राफोर्डमा पाहुना टिम आर्सनलले सुरुवाती ४५ मिनेट खेल नियन्त्रणमा राखेको थियो । तर डेडलक भने युनाइटेडले तोड्यो ।

इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले प्रहार गरेको फ्रि किक आर्सनल गोलकिपर डाविड यारालाई पार गरेपछि युनाइटेडले पहिलो हाफमा एक शुन्य गोलको अग्रता लियो ।

ब्रेकपछि रायाले आर्सनलका दुइ शसक्त प्रहारको बचाउ गरे । ७४औं मिनेटमा डेक्लान राइसको सशक्त स्ट्राइकले आर्सनलको हार त टर्यो । तर तीन अंक जोड्ने लक्ष्य भने पुरा हुन सकेन् ।

आर्सनल प्रशिक्षक मिकेल अर्टेटाको दुइ सयौं प्रिमियर लिग खेल पनि अंक बाड्न परेपछि सुखद रहेन् । आर्सनलले लिगका पछिल्ला तीन खेलमा जीत हात पार्न सकेको छैन् । तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलबाट ५५ अंक छ । शीर्ष स्थानको लिभरपुलको २९ खेलबाट ७० अंक छ । युनाइटेड ३४ अंकका साथ १४ औं स्थानमा छ ।

लिगको अर्को खेलमा चेल्सिले भने लेस्टर सिटी माथि एक शुन्य गोलको जीत हात पार्यो । स्टामर्फड ब्रिजमा कोल पारमरको पेनाल्टि लेस्टरका गोलकिपर म्याट्स हर्मनसेनले बचाएपछि घरेलु टिम निराश बनेको थियो । तर ६० औं मिनेटमा मार्क कुकुयलाले गोल गर्दै चेल्सिको जीत सुनिश्चित गराए ।

यो जीपछि चेल्सि २८ खेलबाट ४९ अंक्का साथ तालिकाको चौथो स्थानमा फर्किएको छ । रेलिगेशन जोनमा रहेको लेस्टर १७ अंक सहित १९ औं स्थानमा छ । यस्तै टोटेनहम र बर्नमथले दुइ दुइ तथा उल्भ्स र एभर्टनले एक एक गोलको बराबरी खेल्दै अंक बाडे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement