वुमन्स डे कप : नेपालले घरेलु टोली युगान्डासँग खेल्दै

फाल्गुन २५, २०८१ |खेल ब्युरो
वुमन्स डे कप : नेपालले घरेलु टोली युगान्डासँग खेल्दै

काठमाडौं । वुमन्स डे कप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डाको सामना गर्दैछ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

हिजो नामिबियासँग ६ विकेटले पराजित नेपाल आज जितको खोजिमा हुनेछ । युगान्डाले भने हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

नामिबियाविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । दोस्रो इनिङ्समा वर्षा भएपछि नामिबियाले डीएलएस पद्दतिबाट १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो । नेपालले अन्तिम ओभरमा १० रन रक्षा गर्न सकेको थिएन ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन जोडेकी थिइन् भने बलिङमा पूजा महतो, कप्तान इन्दु बर्मा र इश्वरीले समान १-१ विकेट लिएका थिए । युगान्डा प्रस्थान गर्नुअघि नेपाली टिमले फिल्डिङ र फिटनेसमा सुधार आएको दाबी गरे पनि नामिबियाविरुद्ध फिल्डिङमा राम्रो गर्न सकेन । आईसीसी टी-ट्वेन्टी आई महिला वरियतामा नेपाल २१औं र युगान्डा १८औं स्थानमा छ ।

सन् २०२२ मा युगान्डाले नेपाल भ्रमण गरेको थियो । सो सिरिज नेपालले दुई-एकले आफ्नो पक्षमा पारेको थियो ।



Enter Kantipur TV HD
Advertisement