इङ्लिस प्रिमियर लिग : नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई हरायो

फाल्गुन २५, २०८१ |खेल ब्युरो
इङ्लिस प्रिमियर लिग : नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा क्यालम हडसन-ओडोईको लेट गोलको मद्दतमा नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीविरुद्ध एक-शून्य गोलको महत्वपूर्ण जित दर्ता गरेको छ ।

खेलभर सिटीले केही राम्रा अवसर सिर्जना गरे पनि फरेस्टको कडा डिफेन्सलाई पार गर्न सकेन ।

पहिलो हाफमा निको गोन्जालेजको बल पोस्टमा लागेर फर्कियो । दोस्रो हाफमा फरेस्टले आक्रमणलाई तीव्र बनायो । एडर्सनले हडसन-ओडोईको प्रहारलाई पञ्च गर्दै खतरा टारेका थिए । पेप ग्वार्डिओलाले केभिन डि ब्रुयने र ओमार मार्मौसलाई मैदानमा उतारे पनि सिटीले खेलमा प्रभाव देखाउन सकेन । अन्ततः ८३औं मिनेटमा मोर्गन गिब्स-ह्वाइटको उत्कृष्ट पासलाई नियन्त्रण गर्दै हडसन-ओडोईले डेडलक तोडे ।

हारसँगै सिटीले ग्वार्डिओलाको नेतृत्वमा सबैभन्दा धेरै ९ लिग खेल गुमाएको छ । ५१ अंकसहित तेस्रो स्थानमा रहेको फरेस्ट चौथो स्थानको सिटीभन्दा चार अंकले अगाडि छ । सिटीको २८ खेलबाट ४७ अंक छ ।



Enter Kantipur TV HD
Advertisement