शान्तिको बदलामा राष्ट्रपति पद त्याग्न तयार छु : भलोदिमिर जेलेन्स्की

फाल्गुन १२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
शान्तिको बदलामा राष्ट्रपति पद त्याग्न तयार छु : भलोदिमिर जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले शान्तिको बदलामा आफू राष्ट्रपतिको पद त्याग्न समेत तयार रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको तानाशाह भन्ने टिप्पणीको जवाफमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य र शान्ति स्थापनार्थ आफू पद त्याग्न तयार रहेको बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्मले केही दिन अघि जेलेन्स्कीलाई "चुनाव बिनाको तानाशाह" भनि टिप्पणी गर्नुभएको थियो । आफू अहिले युक्रेनको सुरक्षामा केन्द्रित रहेको र एक दशकसम्म राष्ट्रपति रहनु आफ्नो सपना नभएको उहाँको भनाइ छ ।

जेलेनस्कीले नेटो सदस्यताको बदलामा पनि आफू राष्ट्रपति पद त्याग्न तयार रहेको बताउनुभयो । युक्रेनको पक्षमा समर्थन जनाउन र सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न युरोपेली संघ र विश्व नेताहरू सोमबार किएभमा भेला हुँदैछन् ।

जेलेन्स्कीले युक्रेन नेटोमा सामेल हुने विषयमा बैठकमा छलफल हुने र निर्णायक बिन्दुमा पुग्ने आशा समेत व्यक्त गर्नुभयो ।



Enter Kantipur TV HD
Advertisement