म्यानचेस्टर सिटीका कप्तान वाकर एसी मिलानमा

माघ १२, २०८१ |खेल ब्युरो
म्यानचेस्टर सिटीका कप्तान वाकर एसी मिलानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग टोली म्यानचेस्टर सिटीका कप्तान काइल वाकर इटालियन क्लब एसी मिलानमा सामेल भएका छन् । बाँकी सिजनको लागि वाकर लोनमा मिलान गएको दुवै क्लबले जनाएका छन् ।

मिलानले जारी गरेको विज्ञप्तिमा इङ्ल्यान्डका राइट-ब्याक वाकरलाई किन्न सक्ने विकल्प सहित सम्झैता भएको उल्लेख छ । वाकरका लागि मिलानले ५.२४ मिलियन डलर खर्च गरेको स्काइ इटालीले जनाएको छ ।

३४ वर्षीय वाकरले सिटीका लागि ३१९ खेल खेलेका छन् । उनी अन्तिम पटक जनवरी ४ मा प्रिमियर लिगमा सिटीले वेस्टह्याम युनाइटेडमाथिको ४-१ को जित हात पारेको खेलमा टिममा सामेल थिए । त्यसको एक सातापछि एफए कपको तेस्रो राउन्डमा साल्फोर्डमाथि सिटीले ८-० को जित हात पार्दा टिम बाहिर थिए ।

२०१७ मा टोटनहमबाट म्यानचेस्टर सरेका वाकरले २०२३ मा तीन वर्षका लागि सम्झौता नवीकरण गरेका थिए । पेप ग्वार्डियोलाको नेतृत्वमा सिटीको प्रिमियर लिग जितका सबै छ खेलमा उनी टिममा थिए । वाकरले इङ्ल्यान्डका लागि ९३ क्याप जितेका छन् । 

 बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४-२ को हारपछि सिटी च्याम्पियन्स लिगबाट बाहिरिने खतरामा छ । सिटी प्रिमियर लिग तालिकामा पाँचौं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement