काठमाडौं । ओउसमान डेम्बेलेको दोहोरो गोल सहयोगमा पीएसजीले सेन्ट इटिएनलाई हराएको छ । फ्रान्सको घरेलु शीर्ष डिभिजनको लिग वानमा भएको खेलमा पीएसजी २-१ ले विजयी भएको हो ।
खेलको १३ औं मिनेटमा नै डेम्बेलेले पीएसजीको लागि पहिलो गोल गरेका थिए । उनले लामो दुरीबाट बल अघि बढाएर पेनाल्टी बक्सको भित्रबाटै गोल गरेका हुन् । दुई डिफेन्डरको मार्कमा रहे पनि उनी गोल गर्न सफल भए । उनको प्रहार पोस्टको बायाँ कुनामा परेको कारण गोलकपिरले बचाउन सकेनन् ।
यसैगरी, खेलको २० औं मिनेटमा पीएसजीका कप्तान असरफ हाकिमीलाई सेन्ट इटिएनका डिफेन्डरले ६ यार्ड बक्स नजिकै लडाएका थिए । लियो पेट्रोटले गोल खोस्ने क्रममा फउल गरेपछि रेफ्राले भार रिभ्यूबाट पीएसजीलाई पेनाल्टीको अवसर लिएका थिए । पेनाल्टीमा डेम्बेलेले गोल गरेर घरेलु टिमलाई दुई-शून्य गोलको अग्रतामा पुर्याएका हुन् । दोस्रो हाफमा भने इटिएनले एक गोल फर्काएको थियो ।
उसले पीएसजीको बक्स नजिकै फ्रा किकको अवसर पाएको थियो ।फ्रा किकमा जुरिको डाविटा-सविलीले गोल गरेका थिए । उनको प्रहार मानवीय वाल माथिबाट पोस्टभित्र छिरेको थियो । गएरातिको जितसँगै शीर्षस्थानको पीएसजीले अंक दुरी बढाएको छ । पीएसजीको १७ खेलबाट ४३ अंक छ । उसले जारी सिजनमा कुनै खेलमा हार ब्यहोरेको छैन । ऊ दोस्रो स्थानको मार्सेभन्दा ७ अंकले अघि छ । यसैगरी गएराति पराजित सेन्ट इटिएन भने १६ अंकका साथ रेलिगेसन जोनमा छ ।