बार्सिलोनालाई स्पेनिस सुपर कपको उपाधि

पुस २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बार्सिलोनालाई स्पेनिस सुपर कपको उपाधि

काठमाडौं । बार्सिलोनाले कीर्तिमानी १५ औं पटक स्पेनिस सुपर कपको उपाधि जितेको छ । गएराति साउदी अरेबियाको किंग अब्दुल्लाह सिटी रंगशालामा भएको खेलमा रियल मड्रिडलाई हराउँदै बार्सिलोना विजयी भएको हो ।

रियलले खेलमा एक -शून्य गोलको अग्रता जोगाउन नसक्दा ५-२ ले पराजित भएको हो । खेलको पाँचौं मिनेटमा नै केलियन एम्बाप्पेले गोल गरेर रियललाई अग्रता दिलाएका थिए । एम्बाप्पेले बनाएको अग्रता २२ औं मिनेटमा लमिन यमालले तोडेका थिए । त्यसअघि पनि थियाउट कोट्वाले राम्रो बचाउ गरेपछि बार्सिलोना यमाल र राफिन्हाको प्रहार गोलमा परिणत हुन सकेनन् ।

पहिलो हाफको ३६ औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा रोवर्ट लेवान्डोस्कीले गोल गरेसागै रियल २-१ ले पछि परेको हो । पहिलो हाफमा नै राफिन्हा र एलेक्स ब्लेडले पनि गोल गरे । राफिन्हाले ३९ औं मिनेटमा स्कोर गरेका थिए। त्यसैगरी पहिलो हाफको इन्ज्युरी समयमा एलेक्सले स्कोर गरेका हुन्।

दोस्रो हाफको खेल उतारचढावपूर्ण रहृयो । ४८ औं मिनेटमा नै राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनको गोलसँगै बार्सिलोनाले खेलमा ५-१ को अग्रता बनाएको हो । त्यही समयमा भिनिसियस जुनियर दिएको पासमा रोड्रिगोले सही दिशामा प्रहार गर्न सनसक्दा रियल गोलमा असफल भयो। यता ५६ औं मिनेटमा सेजेन्सीले रियलका एम्बाप्पेलालाई समाएन पुग्दा उनी रातो कार्ड ब्यहोरेर बाहिरिए ।

यससँगै बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसका बाबजुद उत्कृष्ट डिफेन्स गर्दै बार्सिलोनाले खेल जित्यो । यसबीचमा रियलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरमा रोडि्रगोले गोल गरे । खेलको ६३ औं मिनेटमा छुवामेनिलाई लुमा मोडि्रचले प्रतिस्थापन गरे पनि रियलले कमब्याक भने गर्न सकेन् । ९० औं मिनेटमा बेलिङघमको प्रहार पोस्टको क्रसबार माथिबाट गएपछि रियलको सबै अवसर समाप्त भएका हुन् ।

पराजयसँगै रियलले सर्वाधिक सुपर कप जित्ने बार्सिलोनाको कीर्तिमानसँग बराबरी गर्न अवसर गुमाएको हो । रियलले १२ पटक सुपर कप जितेको छ । बार्सिलोनाका प्रशिक्षकको रुपमा हान्सि फ्लिकको यो पहिलो उपाधिसमेत हो । स्पेनको घरेलु प्रतियोगिता भए पनि यो प्रतियोगिता साउदीले आयोजना गरेको थियो । यसअघि स्पेनिस सुप्पर कोपाका सेमिफाइनल र फाइनल खेल पनि साउदीमा नै आयोजना भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement