रियल कोपा डेल रेको प्री-क्वार्टरफाइनलमा

पुस २३, २०८१ |खेल ब्युरो
रियल कोपा डेल रेको प्री-क्वार्टरफाइनलमा

काठमाडौं । कोपा डेल रेको ३२औँ चरणको खेलमा रियल मड्रिडले सानदार जित दर्ता गरेको छ । जितसँगै रियल कोपा डेल रेको प्री-क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ ।

डिपोर्टिभो मिनेइरोको घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो हाफमा नै तीन गोल गरेको थियो । मिनेइरोको डिफेन्डरले क्लियर गर्न नसकेको बललाई ६ यार्डबाट भली प्रहार गरेर भालभर्डेले रियललाई ब्रेकथ्रू दिलाएका थिए । उनको प्रहारलाई गोलकिपरले जज गर्नै सकेनन् ।

खेलको १३औँ मिनेटमा फ्रान गार्सियाले दिएको पासमा कामाभिङ्गोले पोस्ट नजिकैबाट हेडर गोल गरे । उनको हेडर ड्रप भएर गोपस्टमा छिरेको थियो । २८औँ मिनेटमा दुई डिफेन्डरलाई छक्याएर गुलेइरले गोल गरे । १९ बर्से टर्किस फरवार्ड गुलेइरको गोलसँगै पहिलो हाफमा रियल तीन गोलले अघि रह्यो । खेलको दोस्रो हाफको सुरुवातमै मोड्रिचको प्रहार दोस्रो बारमा लागेर फर्किएको थियो ।

यद्यपि, रियलले गोलको लय कायमै राख्यो । रियलका फरवार्डअघि मिनेइरो निकै कमजोर देखियो । मोड्रिचले नै ५५औँ मिनेटमा गोल गर्न सफल भए । ब्राहिम डियाजले दिएको पासलाई उनले २० यार्डबाट गोल गरेका हुन् । खेलको निर्धारित समय सकिन दुई मिनेट मात्रै बाँकी रहँदा रियलले पाँचौ गोल थप्यो । यो गोल गुलेइरको नाममा रह्यो ।

उनी गत वर्ष रियल आएका थिए । अहिलेसम्म २४ खेल खेलेका उनको नाममा सात गोल छ । कोपा डेल रेमा प्रिक्वार्टरफाइनल समीकरण आज पूरा हुनेछ । समूह चरणको अन्तिम खेलमा भ्यालेन्सियाले एलन्डन्सेको सामना गर्नेछ ।



Enter Kantipur TV HD
Advertisement