डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा

भारतमाथि ६ विकेटको जितसँगै उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने
पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्यम्पियन अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्यम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । तीन दिनभित्रै सिड्नी टेष्टमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।

यो हारसँगै भारत टोली बोर्डर-गावस्कर ट्रफीमा ३-१ ले पराजित भएको छ भने टेस्ट च्यम्पियनसिपको फाइनल रेसबाट पनि बाहिरिएको छ । अष्ट्रेलियाले यो सिरिजमा भारतलाई १० वर्षपछि पराजित गरेको हो । यसअघि सन् २०१४-१५ सिजनमा कंगारु टोलीले सिरिज जितेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारलले पहिलो इनिङमा १ सय ८५ रन बनाएको थियो । भने अष्ट्रेलियाले १ सय ८१ रनमा अलआउट भएको थियो । यससँगै भारतले पहिलो इनिङमा ४ रनको अग्रता लिएको थियो । स्कर्ट बोल्यान्डले ६ विकेट लिएपछि भारत दोस्रो इनिङ्समा १ सय ५७ रनै समेटियो । आज खेलको तेस्रो दिन भारतले अष्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । जुन अष्ट्रेलियाले दोस्रो इनिङमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतीय कप्तान जसप्रित बुम्राहले चोटका कारण बलिङ गर्न सकेनन् । साम कन्स्टासले २२ रनको योगदान दिए । स्टिम स्मिथ ४ रनमा आउट भएपछि उनी १० हजार टेस्ट रन बनाउनबाट १ रनले चुके । उनले हालसम्म टेस्टमा ९ हजार ९ सय ९९ रन बनाएका छन् । उस्मान ख्वाजाले ४१ रनमा आउट भए । ट्राभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

यससँगै टेष्ट च्यम्पियनसिप खेल्ने दुई टोलीको टुङगो लागेको छ । जुन ११ देखि लड्समा हुने फाइनलमा अष्ट्रेलियाले उपाधि रक्षा गर्न दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । सुरुवाती २ सिजनको उपविजेता भारत पहिलो पटक च्यम्पियनसिपको फाइनलमा पुग्नबाट रोकियो । अस्ट्रेलियाको जितले श्रीलंकाको फाइनल पुग्ने सम्भावना समेत समाप्त भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement