खेलाडीलाई खराब व्यवहार गरेको भन्दै प्रशिक्षक भुकोभलाई विश्व टेनिस महासंघले गर्यो कारबाही

पुस २०, २०८१ |खेल ब्युरो
खेलाडीलाई खराब व्यवहार गरेको भन्दै प्रशिक्षक भुकोभलाई विश्व टेनिस महासंघले गर्यो कारबाही

काठमाडौं । पूर्वविश्व नम्बर सिक्स खेलाडी एलेना रुबानिकाका पूर्वमूख्य प्रशिक्षक स्टेफानो भुकोभलाई विश्व टेनिस महासंघले निलम्बन गरेको छ । खेलाडीलाई लगातार खराब व्यवहार गर्दै आएपछि प्रशिक्षक भुकोभ निलम्बनमा परेका हुन्।

यही साताको सुरुमा मात्र खाजकस्तानकी रुवाकिनाले सन् २०२२ को विम्बल्डन जिताउन सफल प्रशिक्षक भुकोभलाई पुन टिममा फर्काउने सूचना जारी गरेकी थिइन्। तर विश्व टेनिस महास‌ंघले ३७ वर्षे प्रशिक्षकलाई टेनिसको आचारसंहिता पालना नगरेको भन्दै खेलबाट प्रतिबन्ध लगाएको हो। तर प्रतबन्ध भुकोभले रुबाकिनासँगको व्यवहार कै कारण हो कि अन्य खेलाडीप्रति भन्ने खुलाइएको छैन्।

भुकोभले भने सबै आरोपको खण्डन गरेका छन्। महासंघको महिला संघले पछिल्लो समय बाहिरिएको भुकोभविरुद्धको भनाइलाई स्पष्ट पार्नुपर्ने बताएको छ।

प्रतिबन्धपछि भुकोभले अब टेनिस महासंघको खेलमा एक्रिडेसन पाउने छैनन्। साथै उनलाई खेलाडीको क्षेत्रमा जान पनि प्रतिबन्ध हुनेछ। उनले अभ्यास मैदान, सुविधा र खेलाडीले प्रयोग गर्ने रेस्टुरेन्ट प्रयोग गर्न पाउने छैनन्।



Enter Kantipur TV HD
Advertisement